जुम्लाको सिंजा गाउँपालिका–२ स्थित चुलेल गाउँमा वैशाख २० गतेदेखि २१ गतेसम्म खस सांस्कृतिक पर्यटनको महोत्सव सञ्चालन हुने भएको छ । सिंजा संचार केन्द्रको आयोजनामा तथा सिंजा गाउँपालिकाको संरक्षणमा हुने उक्त महोत्सवमा यहाँको कृषि, पर्यटन, खस भाषा र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ महोत्सव गर्न लागिएको हो ।
सिंजा सञ्चार केन्द्रका अध्यक्ष महोन शाहीका अनुसार सिंजा गाउँपालिकास्थित नराकोट बजार नजिकैको चुलेल गाउँ, चाँगामा ‘सिंजा महोत्सव २०८२’ भव्य रूपमा आयोजना गरिने भएको छ । भाषा, संस्कृति, कृषि, पर्यटन र व्यापारको समग्र प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ । सिंजा संचार केन्द्रका अध्यक्ष शाहीले भने, ‘खस भाषा, संस्कृति र सभ्यताको प्रचार–प्रसारमा थप टेवा पुग्ने छ ।’
महोत्सवमा यहाँको प्रसिद्ध कृषि उपज–मार्सी धान, स्याउ, सिमी, ओखर र रैथाने बालीहरूको प्रदर्शन तथा महत्वको चर्चा समेत गरिनेछ । अध्यक्ष शाहीका अनुसार सिंजा क्षेत्रका ऐतिहासिक स्थलहरू–कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, भैरवनाथ, केदारनाथ, हिमनदीहरू तथा सिजा उपत्यकाको अवलोकन गर्नेका साथै पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने भएको छ । सिंजाको मौलिक भेषभूषा, जीवनशैली, मस्टो संस्कृति परम्परागत ज्ञानको संरक्षण र प्रदर्शन गरिने सिंजा सञ्चार केन्द्रका अध्यक्ष शाहीको भनाइ छ ।
करिब १२ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रियस्तरका तथा स्थानीयस्तरका चर्चित कलाकारहरूद्वारा सांगीतिक प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम, विविध वस्तुहरूका स्टल, मनोरञ्जनात्मक खेलहरू लगायतका कार्यक्रमहरू सञ्चालन गरिने सिंजा संचार केन्द्रले जनाएको छ । सिंजा क्षेत्रमै पहिलोपटक हुन लागेको ‘सिंजा महोत्सव २०८२’ मा सहभागी हुनका लागि सम्पूर्ण देशवासीलाई आमन्त्रण समेत गरिएको सिंजा गाउँपालिकाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
विजय रावत । जुम्ला