चलचित्र निर्माणका लागि इजाजत लिनेको संख्या बढेको छ । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष सिनेमा निर्माणका लागि इजाजत लिनेको संख्या बढेको हो । विसं. २०८१ मा चलचित्र निर्माणका लागि १९४ वटा निर्माण कम्पनीले इजाजत लिएका छन् ।
०८१ वैशाख २ गतेदेखि चैत २१ गतेसम्म १९४ वटा कम्पनीले सिनेमा निर्माणका लागि इजाजत लिएको चलचित्र विकास बोर्डले जनाएको छ । यो १० वर्षयता कै सबैभन्दा धेरै हो । गत वर्ष १५० वटा चलचित्र निर्माणका लागि लिएको बोर्डसँग तथ्यांक छ ।
०७० को साउनदेखि वैशाखसम्म ४१ चलचित्र निर्माणका लागि दर्ता भएको चलचित्र विकास बोर्डको तथ्यांकमा उल्लेख छ । बोर्डका अनुसार, ०७०–०७१ मा १७७ सिनेमा निर्माणका लागि इजाजत लिएको पाइएको छ ।
०७१–०७२ मा १३६, ०७२–०७३ मा १३९, ०७३–०७४ मा १९३, ०७४–०७५ मा १९२, ०७५–०७६ मा १९२, ०७६–०७७ मा १६७, ०७७–०७८ मा ८६, ०७८–०७९ मा ७९ सिनेमा निर्माणका लागि इजाजत लिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
०७९–०८० मा १२१ र ०८०–०८१ मा १५० सिनेमा निर्माणको इजाजत लिएको पाइएको छ । इजाजत लिएजति सबै चलचित्र निर्माण हुन्छन् भन्ने हुँदैन । निर्माण भएका पनि सबै चलचित्र प्रदर्शन भन्ने निश्चित हुँदैनन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं