राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज (मंगलबार) काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गर्दैछ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएपछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो । राप्रपाको विभिन्न स्थानबाट निकालिएको र्याली बल्खुमा पुगेर विरोध सभामा परिणत हुनेछ ।
उक्त प्रदर्शनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । जस अनुसार खसीबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ । कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।
आवश्यक परेको खण्डमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाईला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ । कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक दुवैतर्फ र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ । नयाँ बसपार्क र सितापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ ।
नेपाल शिक्षक महासंघले माइतीघरदेखि बानेश्वर–माइतीघर सडक खण्डको बीचमा र सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा समेत आवश्यकता अनुसार डाइभर्सन मिलाएको छ । आन्दोलन स्थलको सडक प्रयोग गर्दा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ । आज काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शनको तयारी भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
प्रदर्शन हुने ठाउँमा गाडी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार डाइभर्सनको व्यवस्था मिलाइएको जनाएको छ । कार्यक्रम हुने ठाउँ हुँदै चल्ने गाडीका चालकले अरु वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै ट्राफिक प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी समेत गराएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं