सूचनाको शक्ति - The Power Of Information

        

आज जनआन्दोलन दिवस, आजै कोहलपुर चौराहामा यातायात बन्द

नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदैछ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनस्र्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनस्र्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो ।

विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्थाको पुनस्र्थापना गरेका थिए ।

विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवसका रूपमा मनाउने गरिन्छ । यस अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ । यसैबीच, काठमाडौंको तिनकुनेमा भएको प्रदर्शन र आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चौराहामा यातायात बन्द गर्ने घोषणा गरेको छ ।

संयुक्त आन्दोलन परिचालन समितिले गरेको बाँके बन्दलाई राजावादी नागरिक समाज कोहलपुरको समर्थनमा आज कोहलपुर चौराहामा सवारीसाधन आवातजावतमा बन्द गर्ने घोषणा गरेको हो । राजावादी नागरिक समाज बाँकेका संयोजक अर्जुनजंग शाहले कोहलपुर चौराहलाई केन्द्रमा राखी यातायात बन्द गर्ने घोषणा गरेको बताए ।

शाहले भने, ‘शान्तिपूर्ण तरिकाले आन्दोलनका कार्यक्रमहरु हुनेछन् त्यसलाई सरकार पक्षले उत्तेजना प्रर्दशन गरेमा त्यसको प्रतिकार गर्ने योजना समेत बनाएका छौं ।’ बाँके जिल्लाका सबै अग्रज व्यत्तित्वहरुलाई आन्दोलनलाई साथ र सहयोग गर्न आव्हान गरिएको संयोजक शाहले जानकारी दिए ।

कोहलपुर चौराहदेखि उत्तर–दक्षिण र पूर्व–पश्चिम विहान ८ बजेदेखि साँझा ५ बजेसम्म चल्ने अत्यावश्यक सवारीसाधन बाहेक सम्पूर्ण आवागमन ठप्प पार्ने घोषणा गरिएको शाहले बताए । शाहका अनुसार सो विषयलाई लिएर आमसर्वसाधरणले भोलीको दिन आफ्नो कार्यतालिका बनाउन आग्रह समेत गरेका छन् । संयुक्त आन्दोलन परिचालन समितिले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग समेत गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार ०६:२४

लोकप्रिय