नेपालबाट निर्यात हुने प्लाइउड भारतले रोकेको छ । ब्युरो अफ इन्डियन सर्टिफिकेट्स (बिआइएस) को कारण देखाउँदै भारतले नेपालबाट प्लाइउड लिएर भारततर्फ लागेका मालवाहक सवारीलाई भन्सार पास दिन नै रोकेको हो ।
भारतले केही दिनयता प्लाइउड निर्यातका लागि भन्सार पास नदिएको नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी दिए । ‘बिआइएसको कारण देखाउँदै भारतले भन्सार पास नै गरेको छैन,’ उनले भने, ‘यसले निर्यातकर्तालाई अन्योल बनाएको छ ।’
भारत सरकारले एक वर्षअघि राजपत्रमा सूचना प्रकाशन गर्दै बिआइएस प्रमाणपत्र नलिएका कुनै पनि वस्तु आयात नगर्ने उल्लेख गरेको थियो । जस अनुसार नेपालबाट निर्यात हुने वस्तु पनि बिआइएस लिनुपर्ने अवस्थामा पुगेका थिए ।
यद्यपि प्लाइउड र प्लाइ ढोकाको हकमा भने बिआइएस नलिई एक वर्ष थप निर्यात गर्न सक्ने सुविधा भारतले दिएको थियो । राजपत्रमा ठुला उद्योगले सन् २०२५ फेबु्रअरी २८, मझौला उद्योगले मार्च २८ र साना उद्योगले अगस्ट २८ सम्म बिआइएस लिनुपर्ने उल्लेख थियो ।
गुणस्तर प्रमाणका लागि प्रयोग हुने बिआइएस प्लाइउड उद्योगको हकमा भने अगस्ट २८ सम्म लागु नहुने बुझाइमा नेपालका प्लाइउड उत्पादक थिए । उक्त समय नपुग्दै भारतले अचानक आयात रोकको अध्यक्ष घिमिरेले जानकारी दिए ।
‘अगस्टपछि बिआइएस अनिवार्य हुने कुरा राजपत्रमा उल्लेख भए पनि यसरी बिचमै आयात रोकिदिँदा हामी नै अचम्मित भएका छौँ,’ उनले भने । भारतले सीमानाकामा रहेका मालवाहक सवारीलाई भन्सार पास दिन नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको जानकारीमा आएकाले तत्कालका लागि ती सवारी छुट्नेमा उहाँले विश्वास व्यक्त गरे ।
यद्यपि तत्कालका लागि मात्र यस्तो व्यस्वथा भएकाले भविष्यमा आयात खुला हुने अथवा नहुने विषयमा व्यवसायी अन्योलमै रहेको उनले बताए । चालु आवको सात महिनासम्म नेपालले करिब ७२ करोड रुपियाँको प्लाइउड निर्यात गरेको छ । नेपालका लागि प्लाइउडको एक मात्र बजार भारत हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं