नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलमा मूल्य प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।
निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य समायोजन गरिएको नेपाल आयल निगमको भनाइ छ ।
यस्तो छ, नयाँ मूल्य :

प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार
सत्यपाटी