सूचनाको शक्ति - The Power Of Information

        

तोलामा एक लाख ७० हजार ८०० पुग्यो सुनको मुल्य

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू ५०० र चाँदी प्रतितोला रू १५ बढेको हो । आइतबार प्रतितोला रू एक लाख ७० हजार ३०० मा कारोबार भएको सुन आज बढेर रू एक लाख ७० हजार ८०० पुगेको छ ।

त्यस्तै, आज चाँदी एक हजार ९८५ मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १२:०३

लोकप्रिय