काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् ।
विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्यारो प्रधानमन्त्री ज्यु ,अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस् ।’
प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार
सत्यपाटी