सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ एक लाख ७० हजार नाघ्यो

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य एक लाख ७० हजार रुपैयाँ नाघेको छ । आज छापावाल सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने केही घटेर एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार ११:३५

लोकप्रिय