सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलर भाउ बढ्यो, अन्य मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १७ पैसा र बिक्रीदर नौ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १४ पैसा र बिक्रीदर चार रूपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५३ पैसा र बिक्री दर ३१ रूपैयाँ ६६ पैसा कायम भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५२ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८ रूपैयाँ ०४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले कुवेती दिनार एकको खरिददर ४५३ रूपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रूपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रूपैयाँ ४९ पैसा र ओमनी रियाल एकको खरिददर ३६३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७४ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.83 140.43
eur (European Euro)
1 144.96 145.58
gbp (UK Pound Sterling)
1 173.78 174.53
chf (Swiss Franc)
1 154.49 155.15
aud (Australian Dollar)
1 87.64 88.01
cad (Canadian Dollar)
1 97.44 97.86
sgd (Singapore Dollar)
1 103.36 103.80
jpy (Japanese Yen)
10 9.17 9.21
cny (Chinese Yuan)
1 19.18 19.26
sar (Saudi Arabian Riyal)
1 37.28 37.44
qar (Qatari Riyal)
1 38.35 38.52
thb (Thai Baht)
1 4.14 4.16
aed (UAE Dirham)
1 38.07 38.23
myr (Malaysian Ringgit)
1 31.53 31.66
krw (South Korean Won)
100 9.65 9.69
sek (Swedish Kroner)
1 12.81 12.86
dkk (Danish Kroner)
1 19.43 19.52
hkd (Hong Kong Dollar)
1 17.96 18.04
kwd (Kuwaity Dinar)
1 453.12 455.06
bhd (Bahrain Dinar)
1 370.90 372.49
omr (Omani Rial)
1 363.18 364.74

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार ०६:५९

लोकप्रिय