नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ भोलि बिहीबार बाँके आउने भएका छन् । पार्टीको खजुरा गाउँपालिका स्तरीय गाउँपालिका अधिवेशन तथा खबरदारी सभामा सम्बोधन गर्न अध्यक्ष प्रचण्ड बाँके आउन लागेका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसँगै स्थायी समिति सदस्य कुलप्रसाद केसी ‘सोनाम’, चन्द्रप्रकाश खनाल ‘बलदेव’, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल लगायतका नेताहरु बाँके आउन लागेको नेकपा माओवादी केन्द्र बाँकेले जनाएको छ ।
अध्यक्ष प्रचण्ड बाँके आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले भने, ‘बाँकेमा भोलि दिनभर प्रचण्ड ज्यू व्यस्त रहने तालिका रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालगन्ज पुगेलगत्तै भोलिदेखि नै नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सव–२०८१ को उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रचण्डले खजुरामा बाँकेका सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नेछन् ।
खजुरा गाउँपालिकाका अध्यक्षसमेत रहेका माओवादी नेता डम्बर बिक ‘तुफान’का अनुसार सहिद तथा बेपत्ता परिवारसँग भेटघाटपछि अध्यक्ष प्रचण्डले खजुरास्थित जनता माविमा रहेको सहिद बाटिका उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
सहिद बाटिका उद्घाटन गरेलगत्तै अध्यक्ष प्रचण्ड खजुरामै रहेको खजुरा सभाहल उद्घाटन गर्नेछन् भने त्यसपछि मात्रै माओवादी केन्द्रको खजुरा गाउँपालिका अधिवेशन तथा खबरदारी सभामा उद्घाटन तथा सम्बोधनका लागि पुग्ने गाउँपालिकाका अध्यक्ष तुफानले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके