२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

सुन प्रतितोला एक हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ पुस २८ गते आइतबार

नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १६०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार