सार्वजनिक यातायातको भाडा बढेको छ । सोमबारदेखि नै लागू हुने गरी यातायात व्यवस्था विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको छ । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा ३ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ ।
यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ । भाडा निर्धारणका विभिन्न १३ वटा सूचक रहेका छन् ।
यसअघि गएको वर्षको साउन ३१ गते भाडा बढेको थियो । तर तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्ने छन् । यसका साथै सुपर डिलक्स सुविधा लिएका सवारी साधनले समेत थप २० प्रतिशत भाडा लिन पाउने गरी प्रावधान राखिएको छ ।
हेर्नुस् कहाँ पुग्न कति लाग्छ भाडा ?

प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार
सत्यपाटी