सूचनाको शक्ति - The Power Of Information

        

बढ्यो अमेरिकी डलर, अन्य विदेशी मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ ।

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्यांक, सिंगापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको भने भाउ घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ बिक्रीदर १७० रुपैयाँ ७४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५० रुपैयाँ ६७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०० रुपैयाँ ४० पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर ३५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा तोकिएको छ ।

त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.94 137.54
eur (European Euro)
1 141.02 141.64
gbp (UK Pound Sterling)
1 170.00 170.74
chf (Swiss Franc)
1 150.67 151.33
aud (Australian Dollar)
1 85.21 85.58
cad (Canadian Dollar)
1 95.11 95.52
sgd (Singapore Dollar)
1 99.96 100.40
jpy (Japanese Yen)
10 8.71 8.75
cny (Chinese Yuan)
1 18.71 18.79
sar (Saudi Arabian Riyal)
1 36.46 36.62
qar (Qatari Riyal)
1 37.56 37.73
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 37.28 37.45
myr (Malaysian Ringgit)
1 30.43 30.56
krw (South Korean Won)
100 9.32 9.36
sek (Swedish Kroner)
1 12.32 12.37
dkk (Danish Kroner)
1 18.90 18.99
hkd (Hong Kong Dollar)
1 17.60 17.68
kwd (Kuwaity Dinar)
1 443.80 445.75
bhd (Bahrain Dinar)
1 363.25 364.84
omr (Omani Rial)
1 355.68 357.24

प्रकाशित मिति : २० पुष २०८१, शनिबार ०८:५७

लोकप्रिय