नेकप माओवादी केन्द्र राप्तीसोनारी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । आज बुधबार भएको निर्वाचनबाट राप्तीसोनारी गाउँपालिका–६ का निवर्तमान वडाध्यक्ष जनकबहादुर थारुको अध्यक्षतामा नयाँ कमिटी बनेको हो ।
कमिटीको उपाध्यक्षमा राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारु, उपाध्यक्षमा टेकबहादुर बस्नेत, महिला उपाध्यक्ष कमला विक, सचिवमा मीनराज खड्का (सन्तोष), सह सचिवमा शेरबहादुर खड्का (सुजल) र कोषाध्यक्षमा हरिभक्त पाैडेल चयन भएका छन् ।
अध्यक्ष पदका लागि सुर्यप्रकाश घर्ती मगर र जनकबहादुर थारु, उपाध्यक्ष पदका लागि दलबहादुर खड्का र टेकबहादुर बस्नेत र सह सचिव पदका लागि सुनिल गिरी र शेरबहादुर खड्का (सुजल) बीच प्रतिस्पर्धा भएको थियो भने कमिटीमा अन्य पदाधिकारी तथा सदस्यहरु निर्विरोध भएका थिए ।
नव निर्वाचित अध्यक्ष थारुले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउँदै नेकपा माओवादी केन्द्रलाई राप्तीसोनारीमा पहिलो दल बनाउने बताए । उनले गाउँमा संगठन विस्तार, विभिन्न बर्गिय संगठनलाई सक्रिय बनाउदै जनतासंगको सहकार्यमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके