जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको आवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो वापत १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै सो कन्डम आयात गरेर ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षभरमा ३ करोड ९२ लाख ३२ हजार ८५० वटा कन्डम आयात भएको थियो । सो कन्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ खर्च भएको थियो र सरकारले ५५ हजार राजस्व सङ्कलन गरेको थियो ।
सो वर्षभरमध्ये मङ्सिर महिनामा मात्रै १ करोड ९४ लाख २ हजार ४७३ वटा कन्डम आयात गरिएको विभागको तथ्याङ्कमा छ । यो महिनासम्म १२ करोड ०२ लाख ८३ हजार रुपैयाँको कन्डम आयात भएको थियो । मङ्सिर महिना जाडोयाममा बढी कन्डम आयात भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा ३ करोड ६५ लाख ९९ हजार २९० वटा कन्डम आयात भएको छ ।
त्यसबापत २१ करोड २८ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । सरकारले यो वर्ष ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । उक्त वर्ष मङ्सिरमा मात्रै १ करोड ८४ लाख ०७ हजार ३९० वटा कन्डम आयात भएको थियो । मङ्सिरमा कन्डम आयात गर्दा ९ करोड २८ लाख ५८ हजार रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं