सूचनाको शक्ति - The Power Of Information

        

डलरको मूल्य बढ्यो, कोरियन वनको घट्यो

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, चिनियाँ यूआन, साउदी अरेबियन रियालको मूल्य बढेको छ । कतारी रियाल, यूएई दिराम, स्विडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ ।

यस्तै, स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, थाई भाट र साउथ कोरियन वनको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३६ रुपैयाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा, कायम गरिएको छ ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १५१ रुपैयाँ २० पैसा र बिक्रीदर १५१ रुपैयाँ ८७ पैसा तोकिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३५ पैसा तोकेको छ ।

सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ३५ पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिदर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन १०० को खरिदर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ छ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैया ५२ पैसा तोकेको छ ।

कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३५९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९२ पैसा कायम गरेको छ । ओमनी रियाल एकको खरिदर ३५२ रुपैयाँ ०५ पैसा, बिक्रीदर ३५३ रुपैयाँ ६१ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.54 136.14
eur (European Euro)
1 142.17 142.80
gbp (UK Pound Sterling)
1 172.05 172.82
chf (Swiss Franc)
1 151.20 151.87
aud (Australian Dollar)
1 85.97 86.35
cad (Canadian Dollar)
1 94.93 95.35
sgd (Singapore Dollar)
1 100.35 100.80
jpy (Japanese Yen)
10 8.81 8.85
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 36.08 36.24
qar (Qatari Riyal)
1 37.18 37.34
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 36.90 37.07
myr (Malaysian Ringgit)
1 30.35 30.48
krw (South Korean Won)
100 9.42 9.47
sek (Swedish Kroner)
1 12.40 12.46
dkk (Danish Kroner)
1 19.06 19.15
hkd (Hong Kong Dollar)
1 17.45 17.52
kwd (Kuwaity Dinar)
1 440.57 442.52
bhd (Bahrain Dinar)
1 359.33 360.92
omr (Omani Rial)
1 352.05 353.61

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार ०६:४४

लोकप्रिय