प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला आफूलाई ओलीको निकट बताउँदै आफूहरुले बीआरआई सम्झौता हुन नदिने दावीसहित भारत पुगेका नेपाली राजनैतिक बिचौलियाहरु दिल्लीबाट निराश भएर फर्किने अवस्थामा पुगेका छन् ।
आफूहरुले भारतको इच्छाअनुसार बीआरआई सम्झौता रोक्न सक्ने दावी गर्दै भारत पुगेका यी राजनैतिक बिचौलियाहरु प्रधानमन्त्रीले बेइजिङमा बीआरआई सम्झौता गरिदिएपछि निराश भएका हुन् । उनीहरु भारतीय पक्षले नराम्रोसँग झपारेपछि निन्याउरो भएर नेपाल फर्किंदैछन् ।
प्रधानमन्त्री चीन गएलगत्तै नेपालका हतियार तथा जग्गा कारोबारी, भारतीय सामान नेपाली बजारमा आयात गर्ने व्यापारी समेतका केही बिचौलिया भारत पुगेका थिए । उनीहरुले आफूलाई प्रधानमन्त्री केपी ओलीको निकट बताउँदै आफूहरुले चीनसँग बीआरआई सम्झौता हुनबाट रोक्ने आश्वासन भारतीय पक्षलाई दिएका थिए ।
प्रधानमन्त्री चीन गएपछि दोस्रो दिन भएका सम्झौताहरुमा बीआरआई सम्झौताबारे केही उल्लेख थिएन । त्यो दिन बीआरआई सम्झौता नभएपछि नेपाली बिचौलियाहरुले भारतीय पक्षलाई आफूहरु भारतको इच्छाअनुसार बीआरआई सम्झौता रोक्न सफल भएको बताउँदै खुसी साटेका थिए ।
यी बिचौलियाहरुले भारतीय पक्षसँग प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा अनुदान बाहेक अन्य कुनै पनि सम्झौता हुन नदिने जिम्मेवारी नै लिएको बताइन्छ । सोही अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा सुरुमा भएका सम्झौताहरुमा बीआरआई नपरेपछि उनीहरुले आफूहरु सफल भएको दावी गरे । त्यो दिन बेलुका भारतीय पक्ष र नेपाली बिचौलियाहरु सम्मिलित पार्टी नै भएको बताइन्छ ।
तर, त्यसको भोलिपल्टै सहायता शब्द राखेर प्रधानमन्त्रीले चीनसँग बीआरआई सम्झौता गरिदिएपछि नेपाली बिचौलियाहरु अप्ठ्यारोमा परे । उनीहरु असफल भएपछि भारतीय पक्षले उनीहरुलाई राम्रैसँग झपारेको बताइन्छ । त्यसपछि उनीहरु निन्याउरो भएर बसेका थिए । ती बिचौलियाहरु आज शुक्रबार नेपाल फर्किन् लागेको स्रोतले जानकारी दिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं