सूचनाको शक्ति - The Power Of Information

        

एमाले नेताका छोराछोरी बालेनका साइबर सेना !

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेकै नेता कार्यकर्ताका छोराछोरी रवि लामिछाने र बालेन शाहको आइटी सेलमा बसेको टिप्पणी गरेका छन् ।

बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछाने र बालेन शाहको पछि लागिरहेको बताएका हुन् ।

एमाले उपमहासचिव समेत रहेका उनले हाम्रा छोराहरु, हाम्रा छोरीहरु रवि लामिछानेको पछि लागिरहेको, बालेनको साइबर ग्रुपमा बसेर हाम्रो पार्टीको विरुद्धमा, प्रधानमन्त्रीको विरुद्वमा लेखिरहेको दाबी गरे । उनले प्रश्न गर्दै अगाडि भने, ‘त्यतातिर हाम्रो ध्यान गएको छ ?’

अहिलेका विद्यार्थीमध्ये २० देखि २५ प्रतिशत मात्र अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी जस्ता संगठनमा बाँडिएको बताउँदै गुरुङले, ७० देखि ७५ प्रतिशत विद्यार्थी राजनाीतिमा नभइ रास्वपा र बालेनको साइबर सेनामा गइसकेको पनि ठोकुवा गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार ०९:१४

लोकप्रिय