सूचनाको शक्ति - The Power Of Information

        

कात्तिकमा पनि घट्यो ब्याजदर, कुन बैंकको कति ?

बैंक तथा वित्तीय संस्थाहरुले कात्तिकका लागि पनि ब्याजदर घटाएका छन् । निक्षेप बढिरहे पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर कात्तिका लागि पनि घटाएका हुन् ।

बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर पनि स्वतः घटेको छ । वाणिज्य बैंकहरूले बुधबार प्रकाशन गरेको ब्याजदर सूचीअनुसार असोजको तुलनामा कात्तिकमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२४५ प्रतिशत बिन्दुले घटेको छ ।

असोजमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.३९६ प्रतिशत थियो । कात्तिकका लागि यो ब्याजदर घटेर औसत ६.१५१ प्रतिशतमा कायम भएको छ ।

२० वटा वाणिज्य बैंकमध्ये ११ वटाले असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । ८ वटाले स्थिर नै राखेका छन् भने एउटा बैंकले सामान्य बढाएको छ । तर पनि औसतमा असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर घटेको हो ।

बैंक असोजको ब्याजदर कात्तिकको ब्याजदर
कृषि विकास ६.०७ ५.७५
राष्ट्रिय वाणिज्य ६.०० ५.८०
नेपाल एसबीआई ६.०० ६.००
लक्ष्मी सनराइज ६.५० ६.००
ग्लोबल आईएमई ६.२५ ६.२५
कुमारी ६.०१ ६.०१
प्राइम ६.२५ ६.००
नेपाल ५.९५ ५.९५
सानिमा ५.९० ६.१५
सिटिजन्स ६.४० ५.७५
नबिल ६.७५ ६.२५
इन्भेस्टेमेन्ट मेगा ६.५० ६.५०
सिद्धार्थ ६.५० ६.००
स्टान्डर्ड चार्टर्ड ७.०० ६.५०
माछापुच्छ्रे ७.०० ७.००
प्रभु ६.१० ६.१०
एनएमबी ६.५० ६.५०
एनआईसी एसिया ७.१८ ६.९९
हिमालयन ७.०० ६.२५
एभरेष्ट ६.०० ६.००

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार ०९:०९

लोकप्रिय