सूचनाको शक्ति - The Power Of Information

        

साहित्य : कविता

प्रकृतिको पूकार

अत्याचार अब रोक हे मानव जाती तत्पश्चातका विनाशको दोषी आइन्दा मलाई नबनाए ।

मेरो बगाईको गतिले अचेल तिम्रो हिँड्डूलको गति रूकेको छ रे,
मेरो बसाईको सहजताले अचेल तिम्रो बसाईको सहजता चुकेको छ रे,
मेरो अस्तित्वको उपस्थितिले अचेल तिम्रो अस्तित्व डगेको छ रे,
मेरो स्वामित्वको खोजीले अचेल तिम्रो स्वामित्व गुमेको छ रे,

सहजताका लागि ताछ्यौं, खोल्यौं तिमीले म माथि बम नै फोड्यौं,
सम्पन्नताका लागि थुन्यौ, छेक्यौं पुगेन अस्तित्व नै मेटाउन खोज्यौं,
बहनु र उर्लिनु त कर्म नै हो मेरो, तिमीले कहिल्यै बुझ्न सकेनौं,
चुलिनु र भासिनु त मर्म नै हो मेरो, तिमीले जसलाई स्वीकार गरेनौं,

बितन्डा मैले मच्याएको होइन नि, बिध्वंस तिमीले आफैं बोलाएका हौं,
मेरो सुक्सुकाहट अनसुना गर आर्तनाद् आफैंले आफ्ना लागि निम्त्याएका हौं,
अति गर्यौ र त रोए, कराए जहाँ जे जसरी हुन्छ आफ्नो उपस्थिति जनाए,
अत्याचार अब रोक हे मानव जाती तत्पश्चातका विनाशको दोषी आइन्दा मलाई नबनाए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतवार १७:०७

लोकप्रिय