सूचनाको शक्ति - The Power Of Information

        

कल्पना खरेलको उपन्यास ‘भृकुटीतारा’ लोकार्पण

उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास ‘भृकुटीतारा’को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघले बिहीबार डालो रेस्टुरेन्ट, अनामनगरमा लोकार्पण गरेको हो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले कृति सार्वजनिक गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा ल्याउने चुनौतीपूर्ण काम गरेको बताए । कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यो ऐतिहासिक उपन्यासले पाठकको मन जित्ने विश्वास व्यक्त गर्दै संस्थाको गतिविधिबारे प्रकाश पारे ।

कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक चर्चा गर्दै यो ऐतिहासिक उपन्यास भएको उल्लेख गरे । कार्यक्रममा लोकार्पित कृतिका उपन्यासकार कल्पना खरेलले आफूले उपन्यास लेख्दा गरेको मिहिनेत र अनुसन्धानबारे जानकारी गराइन् ।

कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधान, मन्जरी प्रकाशनका लक्ष्मण गाम्नागे, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, नेपाल स्रष्टा समाजका उपाध्यक्ष डा. सदानन्द कडेल, अनेसासकी पूर्वअध्यक्ष गीता खत्री लगायतले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए भने अनेसास नेपालकि निवर्तमान अध्यक्ष सन्ध्या पहाडीले उपन्यासकार खरेलको परिचय राखेकी थिइन् ।

आयोजकका तर्फबाट संस्थाका सदस्य डा.दामोदर पुडासैनी किशोरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण कवि मुरारी सिग्देलले गरेका थिए । कृतिकार खरेलका यसअघि चार उपन्यास, कथा र गीतका कृतिहरु प्रकाशित रहेका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं सर्जक गोपाल थपलिया, अनेसास केन्द्रीय समितिकी उपाध्यक्ष सरिता अर्याल, साहित्यकारहरु विमल भौकाजी, दिव्य गिरी, शिव प्रधान, भगवती बस्नेत, डा. शान्तिमाया गिरी, रन्जना निरौला, रमेश दाहाल, रुद्र अधिकारी, इन्दिरा ढकाल, रश्मि रिमाल लगायत उर्मिला खरेल, प्रतीक्षा खरेल, कामना मैनाली, करिष्मा मैनाली लगायतको उपस्तिथि थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १०:१७

लोकप्रिय