२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

सर्वोच्चको परमादेशपछि बढ्ने भयो वरिष्ठ सईको तलब

नेपाल प्रहरीका नायब निरीक्षक (सई) कोभन्दा कम तलब पाएका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)हरूको पक्षमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

बुधवार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरूको तर्फबाट दायर भएका दुई वटा फरक फरक रिटमा वरिष्ठ सईहरूको पक्षमा आदेश जारी गरेको हो ।

विनय चन्दसहितका १४ वरिष्ठ सईले पुस १६, २०८० मा र उनीहरुले नै असार १३, २०८१ मा दायर गरेका छुट्टाछुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । जसमा उनीहरूको माग बमोजिम हुने उल्लेख गरिएको छ ।

अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वतः विगतको भन्दा थप तलब पाउने र सई र इन्स्पेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको छ । नेपाल प्रहरीमा अहिले जनपदतर्फ १ हजार १७१ वरिष्ठ सईको दरबन्दी छ ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहीबार