सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार बालुवाटारस्थित कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

सरकारको बजेटको कार्यक्रम, १६औँ योजना लगायतका कुरालाई ख्याल गर्दै लचिलो मौद्रिक नीति तय गरिएको अधिकारीले बताए । चालू आवमा रेमिट्यान्स वृद्धिदर सामान्य रहने भएकाले सञ्चिति केही कम हुने अपेक्षा गरिएको उनले बताए । चालू आवमा पनि शोधनान्तर स्थिति बचतमै रहने अनुमान रहेको उनको भनाइ छ ।

‘पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ । निजी क्षेत्रमा जाने कर्जा सुधार हुने अपेक्षा गरिएको छ,’ उनले भने । ब्याजदर घटेको अवस्था रहेको, लगानीयोग्य साधन बढे पनि बैंकहरुको कर्जा विस्तार नभएकोले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–०८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण गरेको छ । ‘आर्थिक वर्ष २०८१–०८२ को बजेट वक्तव्यमा मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ,’ उनले भने, ‘यसमा केही जोखिम रहे पनि मुद्रास्फितिको कारकहरूलाई नजर राख्दा उक्त सीमाभित्र रहने प्रक्षेपण गरिएको छ ।

यस्तो छ पूर्णपाठ :

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १३:०१

लोकप्रिय