साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।
बिहीबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँ रहेको थियो भने शुक्रबार घटेर १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँबाट घटेर १ लाख ४६ हजार ८०० रुपैयाँमा झरेको छ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८६० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८३० रुपैयाँ पर्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं