सूचनाको शक्ति - The Power Of Information

        

सुनको मुल्य प्रतितोला ९०० रुपैयाँले बढ्यो

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ८७५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ११:४६

लोकप्रिय