२०८३ वैशाख १६ , बुधबार 30, April 2026, Thursday

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ४ गते आइतबार

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

साथै, आ.व. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार