२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

मतदाता नामावली संकलन स्थगित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १३ गते आइतबार

निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ।

इलाम र बझाङका लागि वैशाख १५ गते चुनावको मिति घोषणा भएसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो।

आयोगका प्रवक्ता डा. थानेश्वर भुसालले भने, ‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० ९२० बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले मिति २०८० फागुन १३ गते निर्णय गरेकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार