२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

सङ्घीय संसद्काे महासचिवमा पाण्डेय नियुक्त

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २३ गते मंगलबार

 सङ्घीय संसद् सचिवालयकाे महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनुभएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गर्नुभएको हो ।

नियुक्त हुनुअघि पाण्डेयले आजै प्रतिनिधि सभाको सचिवबाट राजीनामा दिनुभएको थियो । पाण्डेयले यसअघि संसद् सचिवालयको सचिव र न्याय सेवा विशिष्ट श्रेणीको पदाधिकारीका रूपमा काम गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार