नेपालगन्जबासीलाई ताजा अनि विषादीरहित र जैविक तरकारी खुवाउँछन् यी थारु महिलाहरु । चाहे वर्षाद् होस चाहे हिँउद या टन्टलापुर घाम उनीहरुको दैनिकी नै हो बिहानै तरकारीको पुन्टुरो बोकेर नेपालगन्ज धाउने । सहरका साना ठुला नागरिक जो आफ्नो आहारालाई लिएर धेरै थोरै सचेत छन् उनीहरुको तरकारी बजार नै यहि हो । पछिल्लो ८–१० वर्षदेखि लाग्दै आएको यो बजारका लागि सुरक्षित स्थान र ओत भने अहिलेसम्म जोहो हुन सकेको छैन । तस्वीर सौजन्य : श्रीराम सिग्देलको फेसबुकबाट


प्रकाशित मिति : २०८० मंसिर २१ गते बिहीबार

