२०८३ असोज ४ , आइतबार 21, September 2026, Monday

जाजरकोट पुगेका ओलीलाई जनार्दन शर्माले गरे स्वागत

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता शर्माले स्वागत गरेका हुन् । ओलीलाई स्वागत गर्न शर्मा लाइनमै उभिएर बसेका थिए ।

शर्मा केही समयदेखि भूकम्प प्रभावितहरुको अस्थायी पुनस्र्थापनाका लागि त्यही क्षेत्रमा छन् ।

प्रकाशित मिति : २०८० मंसिर १९ गते मंगलबार