नेपाली बजारमा आज पहेँलो धातु सुन हालसम्मकै उच्च मुल्यमा कारोबार भइरहेको छ । दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको सुनको भाउ आज पनि बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
सोमबार प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तीन सयले बढेर १ लाख १७ हजार ७०० पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ । आज चाँदी तोलको १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८० मंसिर १२ गते मंगलबार
सत्यपाटी