२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

आज सुनचाँदीको मुल्य कति छ ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर १० गते आइतबार

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रवार १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार