प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
आजको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको योजना, यसका लागि नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा मंसिर १४ गतेदेखि सुरु गर्ने तयारी गरेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’का बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।
पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार (भोलि) काठमाडौंमा गर्ने प्रदर्शनलगायत विषय बैठकका एजेन्डा रहेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ