२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

टिकटक प्रतिबन्धको निर्णय फिर्ता लिन राप्रपाको माग

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २७ गते सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले टिकटब बन्द गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक बन्द गर्ने निर्णय निरंकुशताको बाटो भएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरूबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो ।’

उनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको तर त्यही नाममा प्रतिबन्ध स्वीकार नगर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘आज टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स (टुइटर), फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ । कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिन्छ ।

टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ ।’

प्रकाशित मिति : २०८० कात्तिक २७ गते सोमबार