२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

सोनापुर सिमेन्टको शेयर आइपीओभन्दा तल

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १५ गते बुधबार

सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको शेयरमूल्य आईपीओको मूल्यभन्दा तल कारोबार भइरहेको छ।

नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको दिनदेखि नै नकारात्मक सर्किट लाग्दै कारोबार हुँदै गरेको कम्पनीको शेयर आज पनि  ६ प्रतिशतभन्दा बढीले कम हुँदै कारोबार भइरहेको छ ।

आज २३७ रुपैयाँमा करोबार भइरहेको छ । जुन प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन भएको थियो।

 तर, यस दिन बजार खुलेलगत्तै कम्पनीको शेयरमूल्य घटेर २३० रुपैयाँसम्म झरेको हो। आईपीओको मूल्यभन्दा तल झरेपछि कम्पनीको शेयरमा खरिदकर्ता देखिएका छन्। तर, शेयर बेच्ने शेयरधनीहरुको चाँप अझ बढीहरेको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १५ गते बुधबार