२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

सुनकाे भाउ आज पाँच सय रुपैयाँले घट्याे

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १४ गते मंगलबार

सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १४ गते मंगलबार