२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

नेप्से २८ अंकले घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १२ गते आइतबार

दशैं विदापछि खुलेको पहिलो दिन नै शेयर बजारमा २८ अंक बढीको पहिरो गएको छ ।

बजार खुलेदेखि नै ओरालो लागेको बजार ३४ अंक बढीले घटेकोमा अन्तिममा २८ दशमलव १८ अंकले घट्दै बन्द भएको छ ।

बजार परिसूचक नेप्से आइतबार १८ सय ७५ को विन्दुमा झरेको छ ।

सबै उपसमूहहरु घटेको बजारमा ब्यापार उपसमूह सर्वाधिक २ दशमलव ५८ प्रतिशत र होटल तथा पर्यटन उपसमूह २ दशमलव ६३ प्रतिशतले घटेका छन् ।

आइतबार २ सय ३४ वटा कम्पनीको २७ लाख १२ हजार कित्ता शेयर ७४ करोड २९ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । घटेको बजारमा अपरसोलु हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नौ प्रतिशत कमाएका छन् ।

भने आइतबार मात्रै कारोबारमा आएको सोना सिमेन्टका लगानीकर्ताले सर्वाधिक दश प्रतिशत गुमाएका छन् । आइतबार दिनभरमा नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार