२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

सुनको भाउ अहिलेसम्मकै उच्च

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १२ गते आइतबार

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान बनाएको छ । आइतबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर एक लाख १७ हजार रुपैयाँ पुुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै धेरै हो ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार