गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमासबीचको हिंसाको पछिल्लो आक्रमण अक्टोबर ७ मा सुरू भयो । दुवै पक्षले आक्रमणलाई तिव्रता दिए । इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लियो ।
झण्डै ११ लाख मानिसको बसोबास रहेको उत्तरी गाजाबाट हालसम्म सात लाख बाहिरिइसकेको बताइएको छ । इजरायलले त्यस क्षेत्रमा इस्लामिक विद्रोही समूह हमासले बनाएका सुरुङ मार्गहरु नष्ट गर्ने उद्देश्ले शक्तिशाली आक्रमण गरिरहेको छ ।
जारी युद्धमा ४ हजार ३८५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । जसमा १७ सयभन्दा बढी बालबालिका परेका छन् । इजरायलमा १४ सय बढीको मृत्यु भएको छ ।







स्रोत : रोयर्टस
प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार
सत्यपाटी