२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

मन्त्री निवासलाई रविन्द्र मिश्रले भने, ‘पापी निवास’ (भिडियोसहित)

ललितपुरको भैंसेपाटीमा निर्माण भएको संघीय मन्त्रीहरुको निवासका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले ‘पापी निवास’ भनेका छन् । उनले सामाजिक सञ्जाल फेरबुकमा ३ मिनेट ४८ सेकेन्डको भिडियो शेयर गर्दै ‘पापी निवास’मा पापीहरुको मात्रै बास हुने बताएका छन् ।

भैंसेपाटीमा २४ मन्त्रीका लागि छुट्टाछुट्टै भवन बनाइएको छ भने सो स्थानमा राष्ट्रिय सभाका अध्यक्षका लागि पनि विशेष भवन तयार गरिएको छ । त्यसबाहेक अरु दुई भवन प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षका लागि तयार गरिएको छ । यीनै भवनलाई राप्रपाका उपाध्यक्ष मिश्रले ‘पापी निवास’ भनेका हुन् ।

प्रकाशित मिति : २०८० असोज ३० गते मंगलबार