२०८३ मंसिर ८ , मंगलबार 24, November 2026, Tuesday

जलवायु न्याय केवल पैसाको विषय होइन : प्रधानामन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले जलवायु न्याय केवल पैसाको विषय मात्र नभएर वितरणात्मक न्यायको विषय भएको बताएका छन् । शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधनका क्रममा उनले भनेका छन्, ‘जलवायु न्याय केवल पैसाको विषय होइन । यो वितरणात्मक न्यायको विषय हो, अर्थात् यसको लागत कसले बेहोर्छ भन्ने प्रश्न हो ।’

उनले अगाडि थपे, ‘यो प्रक्रियागत न्यायको विषय हो, अर्थात् कसको आवाज सुनिन्छ भन्ने प्रश्न हो । यो हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र अझै जन्मिन बाँकी पुस्ताको भविष्यलाई समान रूपमा महत्त्व दिइन्छ कि दिइँदैन भन्ने प्रश्न हो ।’ भोलिदेखि यही संयुक्त राष्ट्रसङ्घमा हुने ‘सगरमाथादेखि समुद्रसम्म’ साइड इभेन्टमार्फत नेपाल यो संवादको नेतृत्व गर्न सहयोग गर्न तयार रहेको उनले बताए ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार