२०८२ माघ १६ , शुक्रबार 30, January 2026, Friday

सुनचाँदीको मूल्य इतिहासकै उच्च, तोलाको कति ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १४ गते बुधबार

नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा नौं हजार ५०० रुपैयाँले बढेर तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यो हालसम्मकै सर्वाधिक मूल्य हो । मंगलबार छापावाल सुन सोलामा ३०० रुपैयाँ बढेर तीन लाख नौं हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा दुई लाख ७३ हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४३० रुपैयाँले बढेर सात हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार