२०८३ कात्तिक ७ , शुक्रबार 23, October 2026, Friday

बालेनको प्रचारमा गएका व्यक्ति बेहोस, हेलिकप्टरबाट काठमाडौं लगियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार गाडीबाट उत्रिने बित्तिकै सिटौला बेहोस भएर ढलेका थिए । सिटौलालाई सुरुमा जिल्ला अस्पताल अछाममा उपचारका लागि लगिएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

त्यसका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि अछाम मगाइएको थियो । अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए ।

‘सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं,’ बुढाले भने । उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए । बालेनको अछाममा चुनावी अभियान सकेर आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा सहभागी हुने कार्यातालिका छ ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार