२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

बालेनको प्रचारमा गएका व्यक्ति बेहोस, हेलिकप्टरबाट काठमाडौं लगियो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १६ गते शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार गाडीबाट उत्रिने बित्तिकै सिटौला बेहोस भएर ढलेका थिए । सिटौलालाई सुरुमा जिल्ला अस्पताल अछाममा उपचारका लागि लगिएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

त्यसका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि अछाम मगाइएको थियो । अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए ।

‘सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं,’ बुढाले भने । उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए । बालेनको अछाममा चुनावी अभियान सकेर आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा सहभागी हुने कार्यातालिका छ ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार