२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

एनपीएल : उत्कृष्ट खेलाडी रोहितलाई ६१ लाखको कार, अरु खेलाडीले के पाए ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २७ गते शनिबार

लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान गरेका कप्तान रोहितकुमार पौडेल सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन् । सिजनको उत्कृष्ट खेलाडी बनेका रोहितले लुम्बिनीलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङमा योगदान गरेका थिए ।

योसँगै उनले ६१ लाख रुपैयाँ पर्ने ओमोडा जाइको जे–५ कार (ईभी) पाए । उनी सर्वाधिक रन प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा तथा नेपाली ब्याटरमा शीर्ष स्थानमा रहे । उनले १० खेलमा २७६ रन रन प्रहार गरे । प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका रोहिलते एक थान पल्सर मोटरसाइकलसमेत पाए ।

बलिङतर्फ उनले १० विकेट आफ्नो पोल्टामा पारे । सर्वाधिक विकेट लिने बलरको दशौँ स्थानमा रोहित रहे । लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको उदीयमान खेलाडी चुनिए । उनले एउटा थान पल्सर मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट बलर बनेका विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि एक थान पल्सर मोटरसाइकल हात पारे ।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार