२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

रातमा यस्ता खानेकुरा खाँदा हुनसक्छ फ्याटी लिभर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २३ गते आइतबार

आजकल, मानिसहरू दिनभरि काममा व्यस्त हुन्छन् र रातमा आरामसँग खाना खाने गर्छन् । यद्यपि, यो खानाले प्रायः हाम्रो स्वास्थ्यमा असर पार्न सक्छ । विशेष गरी जब हामी राती तेलमा तारेको खानेकुरा, भारी खाना, वा मिठाई खान्छौँ अनि लगत्तै सुत्न जान्छौँ, यसले कलेजोमा अतिरिक्त दबाब दिन्छ । यी बानीहरूले बिस्तारै फ्याटी लिभर जस्ता रोगहरू निम्त्याउँछ ।

फ्याटी लिभर भनेको कलेजोको कोषहरूमा बोसो जम्मा हुने अवस्था हो । यो बोसो कलेजोको कुल तौलको ५–१० प्रतिशतभन्दा बढी हुन्छ, यसलाई फ्याटी लिभर भनिन्छ । फ्याटी लिभर दुई खालका हुन्छन्ः अल्कोहोलिक फ्याटी लिभर (मद्यपान गर्नेहरूमा) र नन–अल्कोहोलिक फ्याटी लिभर (खराब खानपान, मोटोपना, वा मधुमेहको कारण) । राम्रो कुरा चाँहि के छ भने यसलाई उचित दिनचर्या र आहारले रोक्न सकिन्छ ।

राति खान नहुने खानेकुरा

तेलमा तारेका वा भुटेको खानेकुरा – राती समोसा, पुरी, पकोडा वा फ्राई गरिएको भात जस्ता भारी र तारेको खानेकुरा खाँदा कलेजोमा बोसो जम्मा हुन सक्छ ।

अत्यधिक गुलियो वा मिठाई – राती मिठाई, केक, वा चिनीयुक्त खाना खाँदा इन्सुलिनको स्तर बढ्छ र बोसो भण्डारणलाई तीव्र बनाउँछ ।

अल्कोहल वा हलुका पेय पदार्थ – यसले कलेजोलाई प्रत्यक्ष रूपमा हानि पु¥याउँछ र फ्याटी लिभरको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँछ ।

भारी मांसाहारी खाना – राति मसलादार वा भुटेको मांसाहारी खाना खाँदा पाचन प्रक्रिया सुस्त हुन्छ र कलेजोमा दबाब बढ्छ ।

खाना खाएपछि तुरुन्तै सुत्नु – यो बानीले मेटाबोलिज्मलाई सुस्त बनाउँछ, जसले गर्दा पाचन प्रक्रिया कमजोर हुन्छ र कलेजोमा बोसो जम्मा हुन थाल्छ ।

यस्तो बानी अपनाइरहँदा शरीरमा निम्न लिखित लक्षणहरू देखिन्छ

  • पेटको दाहिने भागमा हल्का दुखाइ वा भारीपन
  • थकान र कमजोरी
  • भोक नलाग्नु
  • अचानक तौल बढ्नु वा घट्नु
  • छाला र आँखा पहेँलो हुनु (गम्भीर अवस्थामा)

यदि यी लक्षणहरू देखा परेमा, डाक्टरसँग परामर्श लिनु महत्त्वपूर्ण छ ।

फ्याटी लिभर रोक्न के गर्न सकिन्छ ?

  • बेलुका हलुका खाना खानुहोस् अनि साँझ ७–८ बजेभित्र खाना खाइसक्नु होस् ।
  • आफ्नो आहारमा पालुङ्गो, ब्रोकाउली, कागती, मोही र ग्रीन टीजस्ता खानेकुराहरू समावेश गर्नुहोस् ।
  • मदिरा, भुटेको वा तारेको खानेकुरा र मिठाईहरूको सेजन सीमित गर्नुहोस् ।
  • दैनिक ३० मिनेट पैदल हिँड्नुहोस् वा हल्का व्यायाम गर्नुहोस् ।

बेलुकाको खाना केवल पेट भर्नको लागि मात्र होइन, स्वास्थ्य कायम राख्नको लागि पनि हो । यदि तपाईँले गलत खानपान गर्नु भयो वा खाने बित्तिकै सुत्नु भयो भने यसले कलेजोलाई हानि पुर्याउन सक्छ । फ्याटी लिभर एक गम्भीर तर रोकथाम गर्न सकिने रोग हो । यसबाट बच्न तपाईँलाई आवश्यक पर्ने भनेको उचित जानकारी र थोरै सावधानी मात्रै हो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार