२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday
स्वास्थ्य सन्देश

डेंगुको लक्षण र उपचार विधि

डेँगु लामखुटेले टोकेर लाग्ने रोग भएको हुनाले लामखुटेलाई नै टोक्न नदिनु यसको प्रमुख रोकथाम हो ।
डा.विनयकुमार रेग्मीडा.विनयकुमार रेग्मी । जनरल फिजिसियन तथा वरिष्ठ वाथरोग विशेषज्ञ । २०८२ भदौ १९ गते बिहीबार

डेंगु इजिप्टी प्रजातीको पोथी लामखुट्टे एडिसको टोकाइबाट लाग्ने रोग हो । उक्त लामखुट्टेले टोकेको ४ देखि ७ दिनभित्र डेंगुको लक्षण देखा पर्दछ । डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने तथा जोर्नी दुख्ने गर्छ । डेंगु भएपछि शरीरको प्लेटलेट्स द्रुत गतिमा घट्न थाल्छ । मानिसले प्लेटलेट्स बढ्छ भनेर विभिन्न चिजहरु खाने गरेका छन् । तर त्यसको प्रयोग गर्नुहुँदैन ।

प्लेट्सलेट २० हजारभन्दा कम भएमा तुरुन्त भर्ना भएर प्लेटलेट्स चढाउने पनि हुनसक्छ । यसमा बिरामीलाई तुरुन्तै अस्पतालमा भर्ना गर्नुपर्छ अन्यथा समयमै उपचार नपाउँदा बिरामीको ज्यान समेत जान सक्छ । डेंगुको लक्षण पहिचान गरेर मात्रै यसको उपचार गर्न सकिन्छ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ ।

खासगरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ ।

डेंगुको लक्षणहरू

  • उच्च ज्वरो आउनु
  • टाउको दुख्नु
  • आँखा दुख्नु
  • मांसपेशी र जोर्नी दुख्नु
  • थकाई लग्नु
  • वाकवाकी लाग्नु वा वान्ता हुनु
  • छालामा रातो दागहरू देखा पर्नु
  • पेट दुख्ने
  • गिजा वा नाकबाट रगत बग्ने
  • सास फेर्न गाह्रो हुनु
  • चिडचिडापन हुनु

यद्यपि, गम्भीर अवस्थामा (डेंगु हेमोरेजिक ज्वरो) को जोखिम बढ्ने गर्दछ । यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्ने र शरिरबाट प्लेटलेट्स कम हुँदै जान्छ । डेंगु पत्ता लगाउनका लागि रगत जाँच गर्नुपर्छ । रातो रगत सेतो रगतको मात्रा हेर्ने गर्नुपर्छ । कलेजो (लिभल र किड्नीको फंसन) डेगेँको एन्टीजेन र एन्टीवडी चेक गर्नुपर्ने हुन्छ ।

डेंगुको उपचार

डेंगुको कुनै खास औषधि वा सही उपचार उपलब्ध छैन । यस्तो अवस्थामा बढीभन्दा बढी पानी पिउनुपर्छ । अत्यन्तै गम्भीर अवस्थामा, रोगीलाई इलेक्ट्रोलाइट सप्लीमेंट दिनुपर्छ । केही अवस्थामा, ब्लड प्रेसर मोनिटरिंग र ब्लड ट्रान्सफ्यूजनमार्फत पनि उपचार गरिन्छ । डेँगु लामखुटेले टोकेर लाग्ने रोग भएको हुनाले लामखुटेलाई नै टोक्न नदिनु यसको प्रमुख रोकथाम हो । तसर्थ, झुल लगाएर सुत्ने, पुरा व्लाउज भएको कपडा लगाउने, धुप वाल्ने, पानी जम्ने खाडललाई नष्ट गर्नुपर्छ ।

डेंगुको रोकथाम

  • जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
  • पूरै शरिर ढाक्ने लुगा लगाउने ।
  • साँझ हुनुभन्दा पहिले घरको झ्याल र ढोका बन्द गर्ने ।
  • पानी जम्मा गरेर नराख्ने ।
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

उपचार

डेँगु आँफै निको हुने रोग हो । यसको कुनै स्पेशल उपचार छैन । डेँगुमा देखिएको लक्षणको उपचार गर्ने हो । डेँगुमा विशेष गरी प्रशस्त मात्रामा पानी खानुपर्छ । ब्लडप्रेसर ध्यान दिएर जाँच गर्नुपर्छ । (डा रेग्मी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।)

प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार