अनुमानयोग्य बढुवा र सरुवाका कारण सशस्त्र प्रहरीको सरुवा र बढुवामा शक्ति केन्द्रको ध्यान हुँदैन । नेपाल प्रहरीको जस्तो इन्स्पेक्टर सरुवा र बढुवामा चर्चा हुन्छ सशस्त्र प्रहरीमा भने डिआइजी नै सरुवा भए पनि चर्चा नहुनका पछाडी अनुमान योग्य बढुवा र सरुवा हुनु नै हो ।
अर्धसैन्य संरचनाको फौज भएकाले निश्चित मापदण्ड र अनुमानमा आधारित सरुवा हुने भएकाले पनि चर्चा नहुने भएको हो । तर शक्ति केन्द्रको दबाब र प्रभावले सशस्त्र प्रहरीको सरुवा र बढुवा दुवैको चर्चा हुन थालेको छ । सशस्त्र प्रहरीले कमाण्ड पाउने र कमाण्ड जानका लागि शुरुमै अनुमानयोग्य सूची तयार पारेको हुन्छ ।
सो सूची अनुसार सानो होस ठूलो होस कमाण्ड पाइन्छ भन्नेमा सशस्त्र प्रहरीका कर्मचारीहरु ढुक्क हुन्छन । तर शक्ति केन्द्रले त्यही अनुमानयोग्य सूचीमा खेल्न गरेका छन् । आफ्नालाई राम्रो कमाण्ड हाल्ने र शक्ति केन्द्र नधाउने अधिकृतलाई कमाण्ड मात्रै दिने तर उसको कामको हिसाब पनि नहुने मतलब पनि नहुने गरेको छ ।
यद्यपि, सशस्त्र मुख्यालयले विपदका लागि ‘डेडिकेटेड’ फोर्स बनाउन लागेकाले सबै कमाण्डलाई बराबर मान्ने गरेको बताउछ । तर सीमा सुरक्षाका लागि खटाइएको फोर्स भएकाले बारा, पर्सा, रौतहट, धनुषा, सिराह, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, रसुवा, सिन्धुपाल्चोक जस्ता जिल्लामा जानका लागि सशस्त्र प्रहरीभित्र लडाई हुने गरेको र सबैभन्दा बढी शक्तिकेन्द्र त्यही प्रयोग गर्ने गरेका छन् ।
चार दिनअघि मात्रै गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी मूख्यालय पुगेका थिए । त्यहाँ उनले सरुवा बढुवामा आफूले दबाब नदिएको बताए । सरुवा बढुवामा आफ्नो कुनै हस्तक्षेप नभएको बताइरहँदा उनीसँगै रहेका सशस्त्र अधिकृत र सेमिनरमा सहभागी प्रहरी कर्मचारी मुसुमुसु हाँसेर गृहमन्त्रीलाई उडाइरहेका थिए ।
त्यसको एउटै कारण थियो गत शुक्रबार मात्रै गृहमन्त्रीकै दबाबमा सशस्त्र प्रहरीका एक एसपीलाई महोत्तरीको गणबाट पर्साको गणमा सरुवा गरिएको थियो । त्यसको एक सातापछि गृहमन्त्रीले मन्त्रालयका एक सहसचिव आनन्द काफ्लेसहित पुगेका गृहमन्त्रीले यस्तो बताइरहँदा एसपी पुरनचन्द्र भट्टलाई पर्सामा सरुवा गर्न दबाब दिएको सम्झेर सशस्त्रका अधिकृतहरुले गिज्याएका थिए ।
भट्ट महोत्तरी गएको करिब पाँच महिना भएको थियो । तर, त्यहाँको कमाईले नपुगेपछि उनी पर्सा गएका हुन । काफ्ले भने भिजिट भिषा दुरुपयोग सम्बन्धी छानवीन समितिमा रहेका छन् । उनको काम भने गृहमन्त्रीको प्रशंसा गर्नु मात्रै रहेको छ । त्यसदिन पनि आफ्नो समय गृहमन्त्रीकै प्रशंसामा खर्चिएका थिए ।
गृहमन्त्री रमेश लेखक जिल्लावासी रहेका पुरनचन्द्र भट्ट मख्ख परेका छन् । सशस्त्र प्रहरी यसरी पहिलो पटक तराईको एउटा जिल्लाको गणबाट अर्को जिल्लाको गण इन्चार्जमा सरुवा भएको सशस्त्र प्रहरी अधिकारी बताउँछन् । सशस्त्र प्रहरी नेतृत्वले सरुवामा सिष्टम बनाएको बताएपनि यही घटनाले सबै सिष्टम भत्किएको छ ।
गृहमन्त्रीको दबाब झेल्न नसकेर गरिएको निर्णयले सशस्त्र प्रहरीभित्र चरम असन्तुष्टि देखिएको छ । पछिल्लो समय तराईका जिल्लाहरुमा सशस्त्र प्रहरीको असुली बढेको छ । गृह मन्त्रालयले नै छानी छानी आफ्नो मान्छेलाई पठाएपछि तस्करी बढेको बताइएको छ । मध्यक्षेत्रका जिल्लाहरु पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी र धनुषाबाट तस्करीको ‘लाइन’ खोलिएको तथ्य सार्वजनिक भइरहेका छन् ।
मुलुकमा दुई दलीय गठबन्धन भएको बेला राजनीतिक शक्तिको पाइदा उठाउदै तराईका जिल्ला गृहमन्त्री रमेश लेखकको नाममाबाट ‘लाइन’ खोलेको व्यवसायीहरुबीच चर्चा छ । लेखककै सचिवालयबाट प्रहरीलाई तस्करीको लाइन खोल्न फोन जाने गरेको पनि स्रोतले जनाएको छ । पर्सा जिल्लाको भिखमपुर, सेढवा, भिस्वा, श्रीसिया, भकुवा, इनर्वा नाका अहिले तस्करहरुको लागि खुल्ला गरिएको छ ।
स्रोतका अनुसार वीरगंजबाट हरिन्द्र पटेल साझा ट्रान्सपोर्ट, हरदेव यादव र रुन्चे मदनले महाशक्ति ट्रान्सपोर्ट मार्फत कपडा काठमाण्डौ र पोखरा पठाउने गरेका छन् । धमेन्द्र र लखीचन्दले चल्ला तस्करी गरेर नेपालको पोल्ट्री व्यवसायलाई धराप बनाउनमा गृहमन्त्रालयमै हात रहेको भन्दै व्यवहायीहरुले आपत्ति जनाएका छन् । वीरगंजबाट मुन्ना शम्भु प्रसाद, मुन्ना मियाँले पनि छुट्टै तस्करीको ‘लाइन’ चलाईरहेका छन् ।
भिस्वा र जानकीटोला नाकाबाट भारतीय छड, सिमेन्ट र मिठा भित्रिदैछ भने यताबाट काठ र गिटीको अवैध निकासी गर्न उनीहरुले सहयोग गरेको स्रोतको दावी छ । सशस्त्रका एसपी पुरनचन्द्र भट्टलाई गृहमन्त्रीको नीजि सचिवालयले यसकै लागि सेटिङमा पठाइएको दावी गरिएको छ । एसपी भट्टलाई त्यहाँ नपठाउदासम्म गृहमन्त्रीले सरुवालागि सशस्त्र प्रहरी महानीरिक्षक (आइजीपी)लाई अनुमति नै नदिएको स्रोतको दावी छ ।
मन्त्रीका स्वकीय सचिव जनक भट्टले निरन्तर दबाब दिएका कारण पनि गृहमन्त्रीले एसपी पुरनचन्द भट्टलाई पर्सा पठाउने परेको स्रोतले जनाएको छ । यसअघि नेपाल प्रहरीका एसपी गौतम मिश्र चितवनबाट पर्सा पुगेको नजिर देखाउदै पुरनचन्द्र भट्टलाई पनि पर्साका लागि दबाब दिइएको स्रोतको दावी छ ।
यसैबीच मनाङका एसपी टोपबहादुर डाँगीलाई ७० प्रतिशत जनशक्ति छाडेको र झापामा राजेश उप्रेतिलाई हतियार सम्बन्धी गोप्य सूचना चुहाएको आरोपमा स्पष्टिकरण सोधिएको छ । र सोलुखुम्बूका डिएसपी गोविन्द पोखरेलका विरुद्ध गृहमन्त्रालयमा उजुरी परेको छ । उनलाई विपदका बेला जनशक्ति चुस्त दुरुस्त नराखी सिपाहीहरुलाई घर विदा छाडेको भन्दै उजुरी परेको हो ।
सोलुका डिएसपी पोखरेललाई आवश्यकभन्दा निकै कम जनशक्ति राखेर बस्ने गरेको उजुरी यसअघि पनि परेको थियो । उनी भने आफूलाई रक्षामन्त्री मानवीर राईले बचाउनेछन भन्दै विभागीय कर्मचारीलाई धम्क्याउने समेत गरेको स्रोतको दावी छ । सशस्त्रका डिएसपी पोखरेलले आफूलाई एमाले उपाध्यक्ष इश्वर पोखरेलको भतिजो नाता पनि लगाउने गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं