२०८३ भदौ १५ , सोमबार 31, August 2026, Monday

एक तोला सुनको भाउ १ लाख ९० हजार ६०० रुपैयाँ

आज बिहिबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन नेपाली बजारमा सुनको भाउ ३ हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । हिजो तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ९० हजार ६०० पुगेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । आज चाँदीको भाउ ५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ९६० रुपैयाँ कायम भएको छ । पछिल्ला दिनहरुमा सुनको भाउले लगातार नयाँ रेकर्ड राख्दै आएको छ । विश्वमा भएको युद्ध र व्यापारमा ट्यारिफ लगाउँने प्रतिस्पर्धाले पछिल्लो समय सुनको वृद्धि भएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २०८२ वैशाख ४ गते बिहीबार