सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थबाट ८९ अर्ब कर सङ्कलन

पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपैयाँ कर सङ्कलन भएको छ । चालुु आर्थिक वर्ष २०८१–०८२ को चैतसम्म विभिन्न कर शीर्षकमा पेट्रोलियम पदार्थबाट सो राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।

गत आव २०८०–०८१ मा निगमले तीन खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको इन्धन आयात गरेर एक खर्ब १२ अर्ब १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । निगमका अनुसार समीक्षा अवधिसम्म भन्सार शुुल्कबापत २९ अर्ब ३५ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट)मार्फत ३३ अर्ब ९७ करोड सङ्कलन भएको छ ।

यस्तै वातावरण शुुल्कबापत दुुई अर्ब ३८ करोड, सडक मर्मत दस्तुुरबापत चार अर्ब २९ करोड रुपैयाँ सङ्कलन भएको छ । पूर्वाधार विकास करबापत १५ अर्ब ८५ करोड, हरित करबापत एक अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २० पैसा भन्सार शुुल्क, चार रुपैयाँ सडक मर्मत शुुल्क, १० रुपैयाँ, एक रुपैयाँ ३६ पैसा मूूल्य स्थिरीकरण कोषमा, एक रुपैयाँ ५० पैसा वातावरण शुुल्क, मूल्य अभिवृद्धि कर १८ रुपैयाँ र हरित करबापत एक रुपैयाँ सङ्कलन गर्छ ।

यस्तै डिजेल प्रतिलिटरमा भन्सार शुुल्क १२ रुपैयाँ, सडकमर्मत दस्तुुर दुुई रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, मूल्य स्थिरीकरण कोष एक रुपैयाँ ५७ पैसा, मूल्य अभिवृद्धि कर १८ रुपैयाँ, वातावरण शुुल्क एक रुपैयाँ ५० पैसा र हरित करबापत प्रतिलिटरमा एक रुपैयाँ सङ्कलन हुने गरेको छ ।

हवाई इन्धन प्रतिलिटरमा भन्सार शुुल्क प्रतिलिटर दुुई रुपैयाँ १० पैसा, मूल्य स्थिरीकरण कोषमा एक रुपैयाँ ३६ पैसा र मूूल्य अभिवृद्धि करमा १५ रुपैयाँ ८४ पैसा कर निगमले सङ्कलन गर्छ । खाना पकाउने एलपी ग्यास प्रतिलिटर भन्सार शुुल्कबापत ८८ रुपैयाँ १९ पैसा, मूूल्य स्थिरीकरण कोष १८ रुपैयाँ ९५ पैसा र मूल्य अभिवृद्धिकरमा २१२ रुपैयाँ १७ पैसा सङ्कलन हुने गरेको छ ।

पेट्रोलियम पदार्थ आयात हुने भन्सार नाकामा कर सङ्कलन हुने गर्छ । निगमका प्रवक्ता मनोजकुुमार ठाकुुरले इन्धनबाट सङ्कलन हुने कर सिधै सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । चालुु आवको बजेटमार्फत डिजेल र पेट्रोल प्रतिलिटरमा एक रुपियाँका दरले हरित कर लगाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १०:३३

लोकप्रिय